खाली चेकमा हस्ताक्षर गरेर दिनेलाई कारबाही

अर्थकागज
प्रकाशित: ११ भदौ २०८०
Image description

काठमाडौं । 'बैंकको खातामा पैसा छैन, केही दिनपछि खातामा पैसा जम्मा हुन सक्छ' यस्ता अनुमानको भरमा खाली चेकमा हस्ताक्षर गरेर दिदै हुनुहुन्छ भने तपाई गलत गर्दै हुनुहुन्छ ।

 यदि खाली चेकमा हस्ताक्षर गरिदिने जस्ता नियतवश गरेको गलत कार्यले चेक जारी गर्ने व्यक्ति कालो सूचिमा पर्ने र कानुन बमोजिमको सजाय हुनुपर्नेछ । चेकको दुरुपयोग अत्याधिक बढेसँग नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै आम सर्वसाधारणलाई चेकका सदुपयोग गर्न आह्वान गरेको छ ।

चेकमार्फत भुक्तानी गर्दा आफ्नो दायित्व प्रष्ट भएपछि खातामा मौज्दात रहेको रकमको मात्र चेक जारी गर्न नेपाल राष्ट्र बैंक आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

खातामा नभएको रकमको चेक जारी गर्ने, तमसुक वा धरौटीको रुपमा चेकलाई प्रयोग गरी अवैधानिक लेनदेन गर्ने, खाली चेकमा हस्ताक्षर गरीदिने जस्ता नियतवश गरेको गलत कार्यले चेक जारी गर्ने व्यक्ति कालो सूचिमा पर्दछ र कानुन बमोजिमको सजाय समेत हुने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर