मातृभूमि लघुवित्तले एफपीओ जारी गर्ने, मर्जरको लागि साथि खोज्दै
काठमाडौं । मातृभूमि लघुवित्त वित्तिय संस्था लिमिटेडले एफपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले एफपीओ निश्कासनको प्रस्तावसहित कम्पनीले २०८२ वैशाख २ गते मंगलबार साधारणसभा बोलाएको छ ।
सभाले वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त “घ” वर्गको अन्य लघुवित्त वित्तीय संस्थाहरुसँग गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ती (एक्विजिशन) सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थाको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनी समूहबाट ४ (चार) जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ (दुई) जना सञ्चालकहरुको निर्वाचन गर्ने, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१ / ८२ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, साविक जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २०८१ असार २६ गतेको वासलात र २०८० साउन १ गते देखि २०८१ असार २६ गते सम्मको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८० / ८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ असार मसान्तको वासलात, २०८० साउन १ गते देखि २०८१ असार मसान्त सम्मको नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि २०८१ चैत्र २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
Shares