महिला सशक्तिकरण स्रोत केन्द्रको १७ औं स्थापना दिवस सम्पन्न
उदयपुर । महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुर (ध्भ्च्ऋ) ले आफ्नो १७ औँ स्थापना दिवसको अवसरमा दिप प्रज्वलन गरी मनाइएको छ । सोमवार संस्थाले आफनै भवन त्रियुगा नगरपालिका वडा नम्वर ९ नवउदयटोलमा एक औपचारिक कार्यक्रम गरी साँझमा दीप प्रज्वलन गरी मनाएको हो ।
यस्तै संस्थाका स्थापनादेखि हालसम्मका कार्यसमिती,गैसस उदयपुर,स्थानिय सामाजिक संघ सस्थाका प्रतिनिधी र सरोकारवाला निकायका व्यक्तिहरुसँग महिला सशक्तिकरणमा सामाजिक संघ सस्थाको भुमिका,युवा महिला नेतृत्व अवश्यकता र अवसर र पुस्ता हस्तान्तरण अनुभव आदान प्रदान गरिएको थियो ।
महिला सशक्तिकरण श्रोत केन्द्रले समुदाय तहदेिख महिलाको अनुभवमा केन्द्रित सूचना प्रवाह गर्दै सामाजिक रुपान्तरणका लागि काम गरिरहेको छ ।
स्थानीयस्तरमा रहेका मुद्धाहरुको पहिचान तथा उठान गर्दै सिमान्तकृत, पछाडि पारिएका महिला तथा युवा महिलाहरुको सशक्तिकरण तथा हानिकारक परम्परागत मुल्य मान्यता र अभ्यासहरुको अन्त्यको लागि काम गर्ने लक्ष्यका साथ डा.रेणु अधिकारीको नेतृत्वमा २०६४/९/२३ गते दर्ता भई सञ्चालनमा रहेको संस्था १७ औँ बर्षमा प्रवेश गरेको सस्थाका अध्यक्ष ज्योति दनुवारले बताउनुभयो ।
यस्तै उहाँले महिलाका ज्ञान, सीप र अनुभवहरु महिला कै अगुवाईमा समुदायमा पुर्याउने यसका लागि युवा पुस्ताको क्षमता अभिबृद्धि गर्दै अन्तरपुस्ता नेतृत्व विकाससमेत गर्ने उद्देश्यका साथ समुदायदेखि नै महिलाको सूचनामा पहुँच बृद्धि गर्न यस संस्थाले युवाहरुको नेतृत्व एवं व्यव्स्थापनमा सामुदायिक रेडियो (रेडियो उदयपुर १०२.४मेगाहर्ज ) को स्थापना गरि सञ्चालन समेत गरिरहेको छ ।
यस्तै सस्थाका कार्यकारी निर्देशक बन्दना दनुवारले सामुदायिक रेडियोले समुदायका युवा महिलाहरुले नेतृत्व, व्यव्स्थापन तथा संचालन गरेको महिलाबादी रेडियोको रुपमा पहिचान स्थापित गरेको छ । संस्थाले जिल्लाको ८ स्थानीय तहमा ऐरावत युवा महिला संजाल गठन तथा परिचालन गरि युवा महिलाहरुको अगुवाईमा समुदायमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको बताउनुभयो ।
यस्तै उहाँले समुदायमा क्रियाशिल युवा महिलाहरुलाई क्षमता अभिबृद्धिका लागि अन्तरपुस्ता समन्वय र सिपको आदान प्रदान हुने वातावरणका साथै नेतृत्व गर्ने अवसर प्राप्त भएमा उनिहरुले सशक्त रुपमा हरेक क्षेत्रमा नेतृत्वदायि भूमिका निर्वाह गर्न र समाजमा स्थापित विभेदकारी मूल्यमान्यता र असमान शक्ति सम्बन्धलाई चुनौती दिन सक्ने उदाहरण बनेका बनाउनुभयो
यस्तै संस्थाले स्थापना दिवसको अवसरमा स्थानीय सरकार, सरोकारवाला निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थासँगको सहकार्यले हाम्रो सवालहरुलाई थप सशक्त र बलियो बनाएको र यसको लागि हामी (WERC) परिवार यहाँहरु सबैलाई हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौ साथै सामाजिक रुपान्तरणका लागि निरन्तर समानताका आवाजहरु उठाइरहने प्रतिबद्धता समेत ब्यक्त गरेको छ ।
Shares