एनएमबि बैंकको १.८० लाख कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ

अर्थकागज
प्रकाशित: ०९ मंसिर २०८१
Image description

काठमाडौं । एनएमबि बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले १ लाख बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज आईतबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरिएको छ।

संस्थाका विभिन्न सेयरधनीहरुले स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता सेयर बिक्रिका लागि संस्थामा निवेदन दिएका हुन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ त्यसैले ईच्छुक आवेदकहरुले ११० वा सो भन्दा बढि मूल्यमा न्यूनतम ५००० कित्ता वा सो भन्दा बढिका कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यसअघि नै संस्थापक सेयरधनीहरुका लागी ३५ दिनको सूचना प्रकाशित गरिसकेकाले अब संस्थापक शेयर खरिद गर्न इच्छुक जो कोहि योग्य आवेदकहरुले मंशिर २३ गते भित्र एनएमबि क्यापिटलको कार्यालय बालुवाटार, काठमाडौंमा आईपुग्ने गरी आवेदन दिन सब्नेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर