नेपाल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

अर्थकागज
प्रकाशित: १८ चैत २०८१
Image description

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७६ औं वार्षिक साधारणसभा आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले सभाले शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

त्यसै गरी साभाले चुक्ता पूँजीको ४० प्रतिशत (पछि संशोधन हुन सक्ने) हकप्रद शेयर र बोनस शेयर जारी गरेपछि कम्पनीको जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ।

त्यसैगरी गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र संस्थागत सामािजक उत्तरदायित्व अन्तर्गत भएका खर्चको अनुमोदन गर्ने प्रस्ताव पनिसभाले अनुमोदन गरेको छ। सभामा एक दर्जन शेयरधनीहरु बोलका थिए । बोल्ने अधिकांश शेयरधनीहरुले प्रमुख कार्यकारी अधिकृत वीर कृष्ण महर्जन  र संचालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको खुलेर प्रशंसा गरेका थिए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर