दरमखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा असार ९ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री खुला गरेको थियोे ।
कम्पनीले गुल्मी र बाग्लुङ आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो । कम्पनीले गुल्मी जिल्लाका मुसिकोट नगरपालिका, तथा बाग्लुङजिल्लाको गल्कोट नगरपालिका र बडीगाड गाउपालिकाका स्थानीयलाई १० लाख ३० हजार ५ सय कित्ता सेयर निष्काशन गरेको हो । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।
त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार ९ सय ५० कित्ता सेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।
Shares