एनआईसी एशिया बैंकको नाफामा भारी गिरावट, खराब कर्जा ३ प्रतिशत नाघ्यो

अर्थकागज
प्रकाशित: ०७ वैशाख २०८१
Image description

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा गिरावट देखिएको छ ।

समिक्षा अवधिमा बैंकले १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५२.३१ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि ९.९५ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि १६.५० प्रतिशतले घटेको छ । त्यसैगरी, सञ्चालन मुनाफा पनि ३७.३१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.८५ प्रतिशतबाट बढेर ३.०८ प्रतिशत पुगेको छ जसका कारण नाफामा प्रभाव परेको हो ।

चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ ऋणात्मक रहको छ ।

बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ १२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४७ पैसा रहेको छ । त्यसैगरी, चैत्र मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात २२.८५ गुणा रहेको छ ।

प्रतिक्रियाहरू

भवानी शर्मा सापकोटा

1 year ago

हाल देशको आर्थिक स्तरलाई समिक्षा गर्दा , नाफा राम्रो देखिन्छ ।

सम्बन्धित खबर