मल्टीपर्पस फाइनान्सको हकप्रद बाँडफाँड : १ लाख ४२ हजार कित्ता लिलामीमा आउने

अर्थकागज
प्रकाशित: १५ असोज २०८०
Image description

काठमाडौं । मल्टीपर्पस फाइनान्सले निष्कासन गरेको ३५ प्रतिशत हकप्रद सेयर बाँँडफाँड गरिएको छ । उक्त हकप्रद असोज १२ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले भदौ १० देखि ३१ गतेसम्म १ः०.३५ अनुपातमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर खुल्ला गरेकोमा १४ लाख ३९ हजार २२७ कित्ताका लागि मात्र आवेदन परेको छ । जस अनुसार अब बिक्री हुन नसकेको १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद फाइनान्सले लिलामीमा ल्याउनेछ ।

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर