मन्दाकिनी हाइड्रोपावरको लाभांश र हकप्रद साधारणसभाबाट पारित
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ११ औं बार्षिक साधारणसभाबाट लाभांश र हकप्रद निष्काशनको प्रस्ताव पारित भएको छ । आज अर्थात मंसिर ७ गते नेपाली चुलो लाजिम्पाट, काठमाडौमा सम्पन्न साधारणसभाले कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरि कुल ५.२६ प्रतिशत लाभांश र बोनस सेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १२५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव पारित गरेहेको हो ।
त्यसै गरी सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गरेको छ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन समेत गरेको छ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कार्तिक २८ गते बुक क्लोज गरेको थियो ।
Shares