प्रभु इन्स्योरेन्सले डाक्यो साधारणसभा, हकप्रद निष्काशनको प्रस्ताव

अर्थकागज
प्रकाशित: २९ चैत २०८०
Image description

प्रभु इन्स्योरेन्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले आज विहिबार एक सूचना जारी गर्दै लाभांश तथा हकप्रद पारितको प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको २८ औँ वार्षिक साधारण सभा वैशाख २० गते, विहिबार, कम्पनीको केन्द्रिय कार्यालय, प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौँमा बिहान १० बजेदेखि शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ं.७५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस सेयर वितरणपश्चात २.५ अर्व चुक्ता पूँजी पुर्याउन आवश्यक रकम बराबरको हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यस्तै, सभाले संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि २ जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ वैशाख ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ जसअनुसार वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर