डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरीले २००० कित्ता जग्गा हडपेको आरोपमा पक्राउ गर्न खोज्दै सीआईबी
काठमाडौं । सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरीलाई सीआईबीले पक्राउ गर्न खोजी कार्य सुरु गरेको छ ।
बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत ठूलो परिमाणमा जग्गा हडपेको विषय बाहिर आएको छ ।
विनोद चौधरीलाई समेत पक्राउ गर्न खोजी कार्य जारी रहेको सीआईबी उच्च स्रोतले बताएका छ ।
‘अरुण चौधरी मात्र हैन, विनोद चौधरीकै नाममा पनि २ हजार कित्ता सरकारी जग्गा भेटिएको छ,’ प्रहरी स्रोतले भन्यो, ’सरकारी जग्गा हिनामिना गर्ने कसैलाई नछाड्नू भन्ने आदेश छ । सीआईबीले विनोद चौधरीलाई पनि खोजिरहेको छ । उनी उम्किने ठाउँ छैन ।’
पञ्चायतकालदेखि नै जग्गा हिनामिना गरेको पाइएको प्रहरीले उच्च स्रोतले बतायो ।
‘२०४२ सालमा पञ्चायतको पालादेखि प्रजातन्त्रकालसम्म उनीहरूले सरकारी जग्गा हडपेको पाइयो,’ प्रहरी स्रोतले थप्यो ।
चौधरी समूहले हडपेको जग्गामा चाँदबाग स्कूल सञ्चालन गरिएको छ भने अहिले अर्को अपार्टमेन्ट बनाउने तयारी छ ।
विनोद चौधरीले गरेको कीर्तेबारे मिहिन ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
’थोरै होइन, २ हजार कित्ता सरकारी जग्गा हडपेको पाइयो, सरकारी जग्गा हडप्ने कसैलाई उम्किन नदिनू भन्ने गृहमन्त्रीको निर्देशनानुसार छानबिन गरिरहेका छौं,’ प्रहरी स्रोतले भन्यो ।
Shares