सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
प्रकाशित:
२० असोज २०८०
काठमाडौं । सानिमा बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम रहेको छ ।
साधारण सभा प्रयोजनार्थ सानिमा बैंकले सोमबार असोज २२ गते १ दिनका लागि बुक क्लोज गर्ने भएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् ।
लाभांश प्रस्ताव पारित गर्न सानिमाले कात्तिक २ गते साधारण सभा आव्हान गरेको छ । बैंकले यसपटक सेयरधनीलाई ९% बोनस सेयर र कर प्रयोजनसहित ५.७०%नगद गरी कुल १४.७०% लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव उक्त साधारण सभाले पारित गर्ने एजेन्डा रहेको छ ।
साथै, सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेश हुनेछ । सभा, कुण्डलिनी दरबार ब्यांकेट, चण्डोल काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares