पोखरा फाइनान्सको साधारणसभाबाट मर्जरको प्रस्ताव फेल, अब समृद्धि फाइनान्ससँग मर्जर नहुने
प्रकाशित:
१४ माघ २०८२
काठमाडौं । पोखरा फाइनान्सको आज दरबारथोक बैंक्वेट, बाँस्तोलाथर, पोखरामा सम्पन्न २८ र २९ औं बार्षिक साधारणसभाले मर्जरको प्रस्ताव फेल गरेको छ । सभा हलमा समृद्धि फाइनान्स कम्पनीसँग एक आपसमा गाभ्ने गाभिने (मर्जर) को प्रस्ताव विरुद्ध चर्काे विरोध भएपछि संचालक मर्जरबाट पछि हटेको हो ।
सेयरधनीको बाक्लो उपस्थिति भएको सभामा मर्जरको विषयलाई लिएर संचालकमाथि सेयरधनीहरु खनिएका थिए । बैंक वित्तीय क्षेत्रमा हिजो भएको मर्जरले आज राम्रो नतिजा नआएको भन्दै पोखरा फाइनान्सलाई अन्य कुनै पनि संस्थासँग मर्जर नगर्ने संचालकलाई सेयरधनीहरु आग्रह गरेका थिए ।
तर, यता संचालक समितिले भने सभाबाट मर्जरको प्रस्तावविरुद्ध चर्काे विरोध भएपनि मर्जरको प्रस्ताव पारित भैसकेको पक्षमा छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares