प्रभु बैंकको ६ लाख ५६ हजार कित्ता सेयर बिक्रिमा, सबैले आवेदन दिन पाउने
प्रकाशित:
०७ जेठ २०८१
प्रभु बैंक लिमिटेडका बिद्यमान संस्थापक सेयरधनीले ६ लाख ५० हजार बढि कित्ता सेयर बिक्रि गर्ने भएका छन् । आज मंगलबार एक सूचना जारी गर्दै इच्छुक बिद्यमान सेयरधनीहरुलाई आवेदन दिन आग्रह गरिएको छ।
संस्थाका विभिन्न सेयरधनीहरुले स्वामित्वमा रहेको ६ लाख ५६ हजार २३४ कित्ता सेयर बिक्रिका लागि संस्थामा निवेदन दिएका हुन् ।
यसअघि नै संस्थापक सेयरधनीहरुका लागी ३५ दिनको सूचना प्रकाशित गरिसकेकाले अब संस्थापक शेयर खरिद गर्न इच्छुक जो कोहि योग्य आवेदकहरुले १५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आईपुग्ने गरी आवेदन दिन सब्नेछन् ।
प्रतिक्रियाहरू
Govinda
2 years ago
mero share bta varna mildina ra bank mai aaauna parne hi
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares