नेपाल धितो बार्डले दियो सागर डिस्टिलरीलाई आईपीओ निष्कासन गर्ने अनुमति

अर्थकागज
प्रकाशित: १२ साउन २०८२
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सागर डिष्टिलरी लिमिटेडलाई आईपीओ निष्काशन गर्ने अनुमति दिएको छ ।

 सोमबार बोर्डले प्रतिकित्ता १०० रुपैयाँका दरले १४ लाख ५२ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले केही वर्षअघिदेखि सेयर बजारको नियामक निकायहरुको नेप्से बुल्स र गभर्नर नाम राखेर रक्सी उत्पादन गरी बिक्री गर्दै आईरहेको छ । कम्पनीले यस्तो नाम राखेपछि सेयरलगानीकर्ताहरुले चर्काे विरोध समेत गरेका थिए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर