कुमारी बैंकको वार्षिक साधारण सभा सम्पन्न

अर्थकागज
प्रकाशित: २८ माघ २०८०
Image description

काठमाडौं । कुमारी बैंक लिमिटेडको तेईसौं वार्षिक साधारण सभा आइतबार अर्थात माघ २८ गते त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । सभाबाट आर्थिक २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०७९/८० आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८०/८१ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएको छ ।

उक्त सम्पन्न साधारण सभामा भएको संचालक चुनावमा स्थापक शेयरधनी समूहबाट अमिर प्रताप जं.ब.राणा, कर्मचारी संचय कोषका प्रतिनिधि विजय कुमार श्रेष्ठ, पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेश प्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण शेयरधनी समूह महिला तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर