हुलाक बचत बैंक खारेज ! बचत कर्ताले राष्ट्रिय बाणिज्य बैंकमा कारोबार गर्ने
उदयपुर । उदयपुरको गाईघाट स्थित जिल्ला हुलाक कार्यालयमा संचालित हुलाक बचत बैंकखारेज भएपछि बचतकर्ता अब राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखामा कारोबार गर्ने भएका छन । हुलाक बचत बैङ्क खारेज भै राबाबैङ्कमा समायोजन भएको छ । नेपाल सरकारले बजेट वक्तव्य तथा नीति कार्यक्रम मार्फत हुलाक बचत बैङ्क खारेज गर्ने घोषणा गरेको थियो ।
जिल्ला हुलाकको हुलाक बचत बैंकले गर्दे आएको बैङ्किङ कारोबारका श्रेष्ता तथा नगदसमेत राष्ट्रिय बाणिज्य बैंक गाईघाट शाखाले बुझिसकेको छ ।
जिल्ला हुलाक कार्यालय उदयपुरका हुलाक अधिकृत हरिलाल खत्रीका अनुसार नेपाल सरकारको बजेट वक्तव्य मार्फत नै हुलाक बचत बैंकलाई राष्ट्रिय बाणिज्य बैंकमा गाभ्ने नीति अघि सारिएकोले सोही अनुसार हुलाक बचत बैंक राबा बैंकमा गाभिएको हो ।
हुलाक बचत बैंकलाई राबाबैंकमा गाच्ने विषयमा हुलाक सेवा विभागका महानिर्देशक र राबाबैंकमा कार्यकारी प्रमुख बिच लिखित सम्झौता भएपछि गाभिएको जानकारी दिंदै हुलाक अधिकृत खत्रीले हुलाक बचत बैंकमा जम्मा रु. १ करोड २९ लाख २४ हजार ७ सय ६८ रुपैया ५४ पैसा रहेको छ ।
राबाबैंकमा ६ लाख १६ हजार ४ सय १८ रुपैया २८ पैसा रहेको छ भने सिद्धार्थ बैंकमा १ करोड २३ लाख ८३ हजार ८ हजार ३ सय ५० रुपैया गरी जम्मा १ करो २९ लाख २४ हजार ७ सय ६८ रुपैया ५४ पैसा बचत रहेको बताए ।
हुलाक बचत बैंकबाट सबै निजामती कर्मचारीलाई कर्जा प्रवाह गर्नु पर्ने नीति रहेको भए पनि हुलाकमा कार्यरत स्थायी कर्मचारीलाईमात्र कर्जा प्रवाह गरिएको छ । हुलाकका ७ जना कर्मचारीलाई ११ लाख ३० हजार कर्जा प्रवाह गरेको र यो ६० किस्तामा तिरी सक्नु पर्ने नीति रहेको छ । एक जनाले बढीमा ३ लाखसम्म वार्षिक ८ प्रतिशत व्याजका दरले मासिक रुपमा तलबबाट साँवा व्याज नै हिसाब गरी कटाएर ५ वर्षमा चुक्ता गर्नु पर्ने व्यवस्था रहेको कार्यालय प्मुख खत्रीले बताए ।
बचत कर्ताको हालसम्म ५८ लाख १३ हजार ७ सय ४४ रुपैया ६५ पैसा हुलाक बचत बैंकबाट रावाबैंकमा जम्मा भएको छ । हुलाक बचत बैंकमा १ हजार ९ सय ९६ जना बचत कर्ता रहेकोमा १ हजार १ सय २९ बचत कर्ताको खाता रावाबैंकमा स्थानान्तरण भएको र ८ सय ६७ जनाको खाता निष्क्रिय भएकोले बदर भएको हुलाक अधिकृत खत्रीले जानकारी दिए ।
बचतकर्ताका खाताहरु परीक्षण तथा प्रमाणिकरण गर्ने काम भैरहेको छ भने ८२ लाख ४१ ह्जार २४ रुपैया २९ पैसा रावाबैंकमा जम्मा गर्न बाँकी रहेको छ । सो रकम खाता प्रमाणिकरण तथा परीक्षण भएपछि सम्बन्धित खाताबालाको नाममा जम्मा गरिने र धनादेशतर्फबात प्राप्त सेवा शुल्क वापतको रकम ३ लाख ३ हजार ९ सय ७५ रुपैया १७ पैसा प्राप्त भएको छ । न्यूनता व्याजदरमा विना धितो न्युन आए भएका कर्मचारीहरुलाई लक्षित गरी संचालनमा ल्याइएको हुलाक बचत बैंकले धेरैलाई सेवा दिंदै आएको भए पनि आधुनिक प्रविधिको प्रयोग गरी संचालन हुन नसक्दा समस्याग्रस्त भएपछि रावाबैंकमा गाभिएको हुलाक प्रमुख खत्रीले बताए ।
हुलाक अधिकृत खत्रकिा अनुसार हुलाक बचत बेंक तथा धनादेशबाट प्राप्त सेवा शुल्क वापतको रकम कार्यालयले कार्यक्रम तथा योजना बनाएर खर्च गर्न पाउने भए पनि जिल्ला हुलाक कार्यालयले खर्च गरिएको छैन ।
हुलाक बचत बैंकका खाता संचालक ग्राहकहरुले एक वर्ष भित्रमा रावाबैंकमा गएर खाता क्रियासिल गर्नु पर्ने र त्यसकालागि नागरिकताको प्रतिलिपि फोटा सहित व्यक्तिगत विवरण फारम भरेपछि खाता क्रियाशिल हुने व्यवस्था रहेको जानकारी हुलाक अधिकृत खत्रीले दिए ।
Shares