महालक्ष्मी विकास बैंकले वातावरण र संस्कृति, सम्पदा संरक्षण तथा दिगो बैंकिङका लागि गर्यो ‘वाकाथन’


काठमाडौं । महालक्ष्मी विकास बैंकले बुढानिलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षणका लागि वाकाथन सम्पन्न गरेको छ । फागुन १५-१६ गते बैंकको वार्षिक कार्यक्रम तथा दुइदिने कार्यशाला अन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धता जाहेर गरेको हो ।
बैंकका उच्च अधिकारी, कर्मचारी, र सरोकारवालाहरूको सक्रिय सहभागितामा सम्पन्न यस वाकाथनले वातावरणीय उत्तरदायित्व र सांस्कृतिक सम्पदाको सुरक्षा जस्ता महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्दै यस विशेष र्यालीको आयोजना गरिएको हो । बैंकिङ क्षेत्रले दिगो वित्तीय अभ्यासहरू अपनाउनुपर्छ भन्ने सन्देश प्रवाह गर्न वाकाथनका सहभागीहरू ऐतिहासिक तथा पर्यावरणीय दृष्टिले संवेदनशील मार्गहरू हुँदै अघि बढे । यस अवसरमा हरित बैंकिङ र दिगो वित्तीय रणनीतिको आवश्यकता माथि विशेष जोड दिइयो । बैंकले १०३ शाखाहरू संचालन गर्दै ८००,००० ग्राहकहरूमा सेवा पुर्याइरहेको विज्ञप्तिमा उल्लेख छ ।
Shares