आईएमई लाइफ इन्स्योरेन्सको व्यवस्थापन खर्च ८३ करोड ६३, संचालकहरु र सिइओको तलब/भत्ता कति ?
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ मा ८३ लाख ३६ हजार ९६ हजार ४२० रुपैयाँ कुल व्यवस्थापन खर्च गरेको छ । जसमा कर्मचारी खर्च ३२ करोड ८ लाख १० हजार १९ रुपैयाँ रहेको छ भने अन्य व्यवस्थापन खर्च ५१ करोड २८ लाख ८६ हजार ४०१ रपैयाँ रहेको छ । त्यसै गरी कम्पनीले यस आर्थिक वर्षमा संचालकहरुले ३८ लाख ४८ हजार ७३४ रुपैयाँ बैठक भत्ता मात्रै बुझेका छन् ।
त्यसै गरी कम्पनीले प्रमुख कार्यकारी अधिकृत लगायत अन्य पदाधिकारीहरुलाई तलब र भत्ता सहित २ करोड ३३ लाख ११ हजार ३२५ रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीको सिईओमा पवन कुमार खड्का रहेका छन् ।
प्रतिक्रियाहरू
Bhuwan kc
1 year ago
पत्रकार ज्यू , समाचार लेखे पछि चेक गर्ने गर्नु हाेला नत्र समाचारको हेडलाइन र भित्रको रकम धेरै फरक आउँदो रहेछ।
Shares