१३ दिनमा तीन पटक बढ्यो अण्डाको मूल्य
काठमाडौं । अण्डाको मूल्यमा व्यवसायीको काटेलिङका कारण १३ दिनमा तीन पटक अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले काटेलिङ गरी मूल्य बढाएको हो । १३ दिनमा व्यवसायीले प्रतिपेटी १५/१५ रुपैयाँको दरले तीन पटक गरी ४५ रुपैयाँ बढाएका छन् ।
चिसो मौसममा अण्डाको उत्पादन कम भएको बहाना बनाएर संघले कार्टेलिङ गरी अण्डाको मूल्य वृद्धि गर्दै आइरहेको छ । संघले मंसिर २८, पुस ४ र पुस १२ गते
गरी तीन पटक प्रतिपेटी १५/१५ का दरले अण्डाको मूल्य बढाइ उपभोक्ता मूल्य प्रतिगोटा २२ रुपैयाँ ५० पैसा पुर्याएको छ । किसानलाईभने उनीहरूले प्रतिगोटा १७ रुपैयाँ ४२ पैसा मूल्य निर्धारण गरेका छन् ।
पछिल्लो समय संघले मिडियम अण्डाको प्रतिपेटीको मूल्य ३ हजार ५ सय रुपैयाँ र ठूलो अण्डाको प्रतिपेटी मूल्य ३ हजार ६०० रुपैयाँ पुर्याएका छन् । जसमा चितवनबाट लोड गरी देशभर पुर्याइने अण्डाको बिक्री गर्दा डिपोमा पुर्याउने
भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १४० रुपैयाँ थप लाग्ने बताइएको छ । संघले निर्धारण गरेको मूल्य र बाटोको थप १४० रुपैयाँ भाडासहित उपभोक्ताले प्रति गोटा अण्डाको २२ रुपैयाँ ५० पैसा तिर्नु पर्छ ।
प्रतिक्रियाहरू
Indra prasad Lamichhane
1 year ago
राम्रो
Shares