रु रु जलबिद्युतको नगद लाभांश सेयरधनीको खातामा जम्मा, नआए के गर्ने ?

प्रकाशित:
२५ माघ २०८०

रु रु जलबिद्युत कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट बितरणको घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । आज बिहिबार एक सूचना जारी गर्दै कम्पनीले नगद लाभांश जम्मा गरिएको जनाएको छ ।
पुस २५ सम्पन्न कम्पनीको १८ औँ बार्षिक साधारणसभाले पारित गरेको १०.५२६३ प्रतिशत नगद लाभांश जम्मा गरिएको हो । पुस १६ गतेसम्म आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गरिएका सेयरधनीहरुको खातामा जम्मा गरिसकिएको र त्यपछि पनि बैंक खाता अद्यावधिक गर्ने सेयरधनीहरुको समेत बैंक खातामै रकम जम्मा गरिने कम्पनीले जनाएको छ ।
हितग्राही खातामा अद्यावधिक गरिएको बंैक खाता नमिलेर लाभांश जम्मा नभएका सेयरधनीहरुले आफ्नो बिबरण कम्पनीको सेयर रजिष्टर्ड एनआईएमबि एस क्यापिटलको वेबसाईट मार्फत जानकारी पाउन सक्नेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares