नेपाल धितोपत्र बोर्डबाट आँखुखोला जलविद्युत कम्पनीलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति
प्रकाशित:
१९ असार २०८१
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आँखुखोला जलविद्युत कम्पनीलाई १५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई गत असार १९ गते हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।
कम्पनीले गणेश हिमाल हाइड्रोपावर प्राइभेट लिमिटेडले प्रवर्द्धन गर्न लागेको २० मेगावाट क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा लगानी गर्नका लागि हकप्रद बिक्री गर्न लागेको बताएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares