आज पानी पर्ला ?

अर्थकागज
प्रकाशित: १७ फागुन २०८१
Image description

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आइतबार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । साथै आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टासम्म नेपालमा वर्षा/हिमापत गराउने प्रणाली छैन । साथै मौसमसम्बन्धी अद्यावधिक जानकारी लिएर मात्र योजना बनाउन विभागले अनुरोध गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर