३२ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, अन्य अवस्था कस्तो ?
सर्वोत्तम सिमिन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार सिमेन्टको नाफामा बृद्धि देखिएको छ ।
समिक्षा अवधिमा सिमेन्टले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.२९ प्रतिशतले बढि हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा सिमेन्टले ९ करोड १२ लाख रुपैयाँ खुद मुनानाफा आर्जन गरेको थियो।
त्यस्तै समिक्षा अवधिमा सिमेन्टले ४ अर्ब ४४ करोड रुपैयाँ बराबरको सिमेन्ट बिक्रि गरेको छ । जुन अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ३ अर्ब ६४ करोड रुपैयाँमा सिमित थियो । त्यस्तै, समीक्षा अवधिमा कम्पनीको अन्य आम्दानी ७४०.१६ प्रतिशत बढेर ३ करोड ८ लाख रुपैयाँ पुगेको छ। कम्पनीको कुल खर्च भने ४.७६ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा सिमेन्टको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ४६ पैसा रहेको छ भने कम्पनीको प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ७३ पैसा रहेको छ ।
Shares