शिखर इन्स्योरेन्सको सिईओ र प्रबन्धकको तलव /भत्ता ७ करोड ७ लाखमाथि, सचालकहरुको बैठक/भत्ता कति ?

अर्थकागज
प्रकाशित: ०६ चैत २०८०
Image description

काठमाडौं । सेयरधनीलाई लाभांश नदिएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले केही उच्च पदका कर्मचारीलाई करोडौं रुपैयाँ तलव भत्ता भुक्तानी गरेकोछ । प्रमुख कार्यकारी अधिकृत तथा अन्य प्रन्धकलाई आर्थिक वर्ष २०७९/८० मा ७ करोड ७ लाख ५७ हजार ४६ रुपैयाँ तलव भत्ता वापत भुक्तानी गरेको छ ।