८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति लाभांश र कहिले साधारणसभा ?

अर्थकागज
प्रकाशित: १२ पुस २०८०
Image description

काठमाडौं । आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।आज पुस १२ गतेसम्म कायम सेयरधनीले मात्र तलका यी कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

आईसीएफसी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेका छ । फाइनान्सले ६.५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न पुस २९ मा साधारणसभा बोलाएको छ ।  पुष १३ गते बुक क्लोजको मिति तोकेको छ ।

त्यसै गरी सिक्लेस हाइड्रोले ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्न पुस २७ मा साधारणसभा बोलाएको छ । बुक क्लोजको पुष १३ गते तोकेको छ ।

त्यसै गरी हिमालयन डिस्टिलरी लिमिटेड पुस २५ मा साधारणसभा साधारणसभा बोलाएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । आजसम्म सेयरधनीले लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।

त्यसै गरी राधि विद्युत कम्पनीले पुस २९ मा साधारणसभा बोलाएको छ । कम्पनीले ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बुक क्लोज पुष १३ गते तोकेको छ ।

त्यसै गरी घोराही सिमेन्टले १५ प्रतिशत बोनस सेयर प्रस्ताव गर्त पुस २८ मा साधारणसभा बोलाएको छ । आजसम्मका सेयरधनीले लाभांश पाउने छन् ।

त्यसै गरी सपोर्ट माइक्रोफाइनान्सले पुस २७ मा साधारणसभा बोलाएको छ । १३ प्रतिशत बोनस सेयर र ०.६८४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको यस कम्पनीले भोली अर्थात १३ गते बुक क्लोजको मिति तोकेको छ ।

त्यसै गरी साना किसान विकास लघुवित्तले पुस २९ मा साधारणसभा बोलाएको छ । कम्पनीले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बुक क्लोज भोली अर्थात पुष १३ गते तोकेको छ ।

त्यसै गरी आत्मनिर्भर लघुवित्तले पुस २८ मा साधारणसभा बोलाएको छ । कम्पनीले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर