युनियन मेवा हाइड्रो आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

अर्थकागज
प्रकाशित: २१ मंसिर २०८१
Image description

काठमाडौं । युनियन मेवा हाइड्रो लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा ३५ लाख ३८ हजार ६०५ कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आईपीओ निष्काशनको लागि लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई बिक्री प्रबन्धमा नियुक्त गरेको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्ध गर्ने सम्बन्धी क्यापिटल र कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर