किसान लघुवित्त वित्तीय संस्थामा लाखौं रुपैयाँ अपचलन !

अर्थकागज
प्रकाशित: १४ जेठ २०८१
Image description

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडमा लाखौं रुपैयाँ अपचलन भएको छ । यस संस्थामा बचतकर्ताले जम्मा गरेको लाखौं रकम संस्थाका वरिष्ठ प्रबन्धक पदमा मानव संशाधन तथा कार्यसंचालन विभाग प्रमुख नवराज पोखरेलले अपचलन गरका हुन् । संस्थाको केन्द्रिय कर्पाेरेट कार्यालय बुढानिलकण्ठ काठमाडौंमा कार्यरत नवराज पोखरेलले आफ्नो पदीय तथा विभागीय जिम्मेवारीको दुरुपयोग गर्दे एरिया तथा शाखाका विभिन्न कर्मचारीहरुको अनुचित दबाब र प्रलोभनमा पारी फर्जि कर्जा बनाई आफुले चलाउने गरेका हुन् । त्यसै गरी नवराजले कर्मचारीहरुलाई सुरुवा तथा बढुवा गर्दा विभिन्न आर्थिक तथा जिन्सी लाभा लिने, आफुले भनेको नमानेमा कर्मचारीलाई टाँढा तथा दुर्गम शाखामा सरुवा गरिदिने, कर्मचारीहरुलाई भावानात्मक रुपमा दुख देखाई रकम सापटी लिएर नतिर्ने, कर्मचारीहरुबाट विभन्न जिन्सी सामानहरु मिठाई, आप, लत्ता कपडा, चामल आदि विना मुल्य प्राप्त गर्ने गरेको संस्थाले जनाएको छ । त्यसै गरी नवराजले आफुलाई आर्थिक सहयोग गर्ने कर्मचारीहरुलाई गल्तीलाई ढाँकछोप गर्ने, आफ्नो विरुद्धमा जान खोज्ने कर्मचारीलाई सानो कारण देखाएर पनि कारवाही गर्ने गरेका थिए । कार्यलय भित्र नवराज विरुद्ध चर्काे विरोध र आलोचना भएपछि संस्थाले निजलाई विभागीय जिम्मेवारीबाट हटएको छ । नवराजलाई विभागी जिम्मेवारीबाट हटाएर लिखित स्पष्टिकरण माग गर्दै १ महिनाको लागि निलम्बनमा राखिएको संस्थाले जनाएको छ ।

बचतकर्ताको रकम अपचलन भएपछि अर्थ कागज डट कमले संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत सजल खड्कालाई नवराजलाई किन निलम्बन मात्रै ? भनेर प्रश्न सोधेको थियो । 

निमित्त सिइओ खड्काले अर्थकागजलाई भने-'नवराज पोखरेलले पदीय फाईदा लिदै लाखौं रकम अपचलन गरेको पुष्टि भएको छ । अहिले सम्म नवराजले २८ लाख ७५ हजार रपैयाँ अपचलन भएको देखिन्छ । अरु शाखाहरुबाट पनि फर्जि कर्जा बनाई नवराजले चलाएको गुनासो र उजुरी आईरहेको हुनाले नवराजले संस्थाको धेरै पैसा अपचलन गरेको देखिन्छ । संस्थाबाट के कति पैसा अपचलन गरेका रहेछन भनेर रहज रुपले अनुसन्धान गर्न नवराजलाई १ महिनाको लागि निलम्बन गरेका हौं । नवराजलाई थप कारवाहीको लागि कानुनी प्रक्रिया अनुरुप अगाडि बढ्नेछौं ।'

बाँकी अर्काे भागमा....


प्रतिक्रियाहरू

सम्बन्धित खबर