नेपाल एसबिआई बैंक 'एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४' बाट सम्मानित

अर्थकागज
प्रकाशित: १९ फागुन २०८१
Image description

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड कर्पोरेट क्लब नेपाल प्राईभेट लिमिटेडद्वारा प्रदान गरिने “वाणिज्य बैंक” विधा तर्फको “एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४” बाट सम्मानित भएको छ । उक्त प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा बर्षौ देखि गरेको महत्वपूर्ण योगदानका लागी प्रदान गरिएको हो । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी र प्रमुख संचालन अधिकृत, विकास आनन्दलाई प्रा. डा. फत्त बहादुर केसी, मूख्य निर्णायकले स्टियरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२४ का अध्यक्ष मोहनराज ओझाको उपस्थितिमा सो अवार्ड प्रदान गरेका थिए । उक्त कार्याक्रममा नेपाल सरकारका गृह मन्त्री, माननिय  रमेश लेखक समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंक लिमिटेडले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन


प्रतिक्रियाहरू

सम्बन्धित खबर