माण्डु हाइड्रोपावरले डाक्यो साधारण सभा, कहिलेसम्म सेयर किन्दा पाईन्छ १२% लाभांश


काठमाडौँ । लाभांश पारित गर्ने विशेष प्रस्तावसहित माण्डु हाइड्रोपावरले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा असोज १४ गते हुनेछ ।
कम्पनीको १३ औँ वार्षिक साधारणसभा असोज १४ गते नेपा ब्यांकेट, नयाँ बजार, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यस कम्पनीको सभाले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै, सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानमा छलफल गरी पारित हुनेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पारित हुने छ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ भदौ ३१ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Shares