पूर्व मिस नेपाल अस्मी श्रेष्ठ बनिन् शिखर इन्स्योरेन्सको ब्रान्ड एम्बासडर

अर्थकागज
प्रकाशित: २४ असार २०८३
Image description

काठमाडौँ । पूर्व मिस नेपाल अस्मी श्रेष्ठ शिखर इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बासडर बनेकी छिन् । केही दिन अघि उनी कम्पनीसँग ब्रान्ड एम्बासडरको रुपमा जोडिएकी हुन् ।

एक कार्यक्रमका बीच पूर्व मिस नेपाल श्रेष्ठले कम्पनीसँग यस विषयमा सम्झौता गरेकी हुन् । सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले हस्ताक्षर गरेका थिए । हाल कम्पनी र श्रेष्ठबीच १ वर्षका लागि सम्झौता भएकाे हाे । उनी सन् २०२६ की मिस नेपाल हुन् ।

कम्पनीको ब्रान्ड एम्बासडरमा मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि रहेका छन् । अस्मी जाडिएसँगै कम्पनीको ब्रान्ड एम्बासडर सदस्य संख्या ३ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर