नेको इन्स्योरेन्सको अवितरित हकप्रद लिलामीमा आउँदै, ककसले किन्न पाउँछन् ?

प्रकाशित:
०५ वैशाख २०८२

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदको बाँडफाँडमा नपरेको अवितरित शेयर लिलाम प्रक्रियाबाट वैशाख १२ गतेदेखि बिक्री गर्ने भएको छ। कम्पनीको हपक्रद बाँडफाँडपछि संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता गरी कुल २ लाख २५ हजार २६१.३५ कित्ता शेयर बाँकी बसेको थियो अब कम्पनीले सोही शेयर बिक्री गर्न लागेको हो।
शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ भने आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ता माग गर्न सकिनेछ। यसमा इच्छुक सबैले आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २१ गते रहेको छ भने यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares