सिटिजन लाइफको साधारण सभाबाट लाभांश पारित, फुटी शेर्पा र भेजप्रसाद तिमिल्सिना सञ्चालकमा निर्वाचित

अर्थकागज
प्रकाशित: १३ माघ २०८०
Image description

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सातौँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभाले ५.२ प्रतिशत लाभांश पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको १८ करोड ७५ लाख रुपियाँ बराबरको बोनश शेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले बराबरको ९८ लाख ६८ हजार ४२१ रुपियाँ नगद लाभांश पारित गरेको हो ।

 साधारण सभाबाट बोनश शेयर पारित भएसँगै सिटिजन लाइफको चुक्तापुँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपियाँ पुग्नेछ । कम्पनी हाल कायम चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपियाँ छ । साधारण सभाबाट आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षणको प्रतिवेदन सदर गरिएको छ । सभाले सर्वसाधारण शेयरधनीतर्फ दावा फुटी शेर्पा र भेजप्रसाद तिमिल्सिनालाई सञ्चालक चयन गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर