नेपाल इन्भेष्टमेण्ट मेगाको मनोरञ्जन खर्च मात्रै ३ करोड २६ लाख

अर्थकागज
प्रकाशित: १२ फागुन २०८१
Image description

काठमाडौं । नेपाल  इन्भेष्टमेण्ट मेगा बैंकले आर्थिक वर्ष २०८०/८१ मा मनोरञ्जनमा मात्रै ३ करोड २६ लाख ८३ हजार ३१७ रुपैयाँ खर्च गरेको छ । गत आर्थिक वर्ष २०८९/२०८० मा २ करोड ५५ लाख ३३ हजार २११ रुपैयाँ मनोरञ्जनमा खर्च गरेको थियो । मनरोन्जनको कुन शिर्षकमा कति खर्च ? भयो भनेर बैंकले खुलाएको छैन । एकमुष्ट मनोरञ्जनको शिर्षकमा उक्त रकम खर्च भएको बैंकको बार्षिक प्रतिवेदनले देखाउँछ । सेयरधनीलाई केही अघिल्ला आर्थिक वर्षहरुदेखि लाभांश नदिएर निराश बनाएको यस बैंकले मनोरन्जन यति खर्च हुनु भनेको भ्रष्ट्रचार भएको सेयरधनीले बताएका छन् । मनोरञ्जनको खर्चलाई लिएर गत आर्थिक वर्षको साधारणसभामा सेयरधनीले चर्काे विरोध गरेका थिए । चर्काे विरोधपछि यस आर्थिक वर्ष २०८०/८१ मा मनोरञ्जन खर्च कटौति होला भनेको त सिईओ ज्योति प्रकाश पाँडे र बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले मनोरञ्जन त खुलेरै पो गरेछन सेयरधनी बम बहादुर श्रेष्ठले सुनाए । सेयरधनीको कुरा नसुन्ने, राष्ट्र बैंकदेखि अर्थमन्त्रालयमा राम्रो सेटिङ र मिटिङ गर्न सिपालु पाँडेका दाजुभाईले नेपाल  इन्भेष्टमेण्ट मेगा बैंकमा ब्रम्हलुट मच्चाउदै आईरहेका छन् । सिईओ ज्योति प्रकाश पाँडे र बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेको यो ब्रम्हलुटलाई संचालक समितिमा नयाँ संचालक समिति सदस्यहरु आउन आवश्यक रहेको छ । यसपालिको बार्षिक साधारणसभा संचालक समितिको निर्वाचनको प्रस्ताव समेत रहेको छ ।

बैंकिङ क्षेत्रमा मनोरञ्जन चर्चा

बैकिङ क्षेत्र संवेदनशिल क्षेत्र हो । बैंकमा प्रमोटर र पव्लिक सेयरधनीको लगानी रहेको हुन्छ । कुनै एक ठुला सेयरधनीको आडमा उच्च पदमा कार्यरत बैंकका कर्मचारीहरुको मनोरञ्जनले बेलाबेला बैंकिङ क्षेत्र नै तरंगित हुँदै आएका छ । मिडियाकर्मी बीच चिया गफमा कुरा हुने गर्छ–’ बैंकको टेलरमा काम गरेको देखेको नानी अहिले उच्च तहमा कसरी पुग्यो ? गफ हुन्छ । सिईओ वा अध्यक्षसँग राम्रो सम्बन्ध छ नी । मैले होटलमा देखेको थिए उनीहरुलाई ।’

बाहिर यस्तो कुरा बाहिर आउनु र बैंकहरुको मनोरन्जन खर्च बढ्नुले सेयरधनीले सजिलै अनुमान गर्न सक्छन् बैंकका सिईओ र अध्यक्षले बाहिर आफूखुसी खर्च गरेको बिलमा बैंकमा पेस गर्छन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर