सेयरधनीलाई लाभांश दिन नसकेको रसुवागढी हाइड्रोपावरको एजिएममा भाग लिन सेयर किन्ने आज अन्तिम मौका

अर्थकागज
प्रकाशित: २२ जेठ २०८१
Image description


काठमाडौं । रसुवागढी हाइड्रोपावरको भोली आर्थत जेठ २३ गते बुक क्लोज मिति रहेको छ । अर्थात आज अर्थात जेठ २२ गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने छन् । कम्पनीले एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारण सभा असार ११ गते कुण्डलिनी दरबार ब्यांकेट चन्डोल, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । सेयरधनीलाई भने लाभांश दिएको छैन् । सभामा आर्थिक वर्ष २०७८–०७९ र २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले स्वतन्त्र समूहबाट प्रतिनिधित्व गर्ने १ जना महिलासहित ४ जना सञ्चालक नियुक्ति गर्नेछ । साथै, स्वतन्त्र सञ्चालक २ जना निवाचन गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर