'राम्रोलाई राम्रो भन्न सिकौं, कामको मूल्यांकन गरेर टिप्पणी गरौं,नराम्रो गरेमा पुनः खबरदारी गर्ने हाम्रै काम हो'
हामीलाई पुँजिबजार बिरोधी तथा लगानीकर्ता मारा गभर्नर ठिक । देशको अर्थतन्त्र ध्वस्त पारेर बिदेश भ्रमण मात्र गर्ने काम सुक्को नगर्ने सबै ठिक छ भन्ने नालायक अर्थमन्त्री ठिक । ढङ्गले बजार नचलाउने तथा अहिले बिहान बेलुका हाजिर ठोकेर जागिर मात्र खाएर टाईम पास गर्दै बसेको नेप्से प्रमुख ठिक । अनि केही इन्साइडर काण्डवालाहरु ठिक लाग्छ्न तर यो बजारमा ऐतिहासिक र साहसिक काम गरेर आम लगानीकर्ताको हित गर्ने धितोपत्र बोर्ड अध्यक्ष ठिक लाग्दैन । हामी यस्तै त हो नि ब्रो ।
हमालले के के बदमासी गरेर को कसको नजरमा दुश्मन बने चर्चा गरांै ।
१) नयाँ ब्रोकर लाइसेन्स आउने बेलामा सबै पुराना ब्रोकरले सौता थपिन्छ कि भनेर हमाललाई दुस्मन र आफ्नो भाग खोसिदिने फटाहा सोचे ।
२) लगानीकर्ताले तिर्दै आएको आस्वा शुल्क रु १०० बाट ५ रुपियाँमा झारेपछि हमाललाई बैंकका संचालक र सिइओ ले आफ्नो नाफा घटाइदिने फटाहा र भ्रष्ट देखे ।
३) म्युच्युल फण्डको बदमासी रोक्न कोटाको आईपीओ परेको सेयर ६ महिना बेच्न नमिल्ने गरि लकिङ्ग गर्ने निर्णय गरेर सबै म्युच्युल फण्डको नजरमा हमाल दुश्मन बने ।
४) केही ठुला लगानीकर्ताहरुलाई इन्साइडर लगायतका मुद्दामा कार्बाही गरेर तिनको नजरमा हमाल दुश्मन बने ।
५) दशै अघि ब्रोकर कमिशन घटाउने र एस एम ई प्लेटफर्म सम्बन्धी निर्णय गर्न अर्थमन्त्रालय पठाउँदा महिनौ दराजमा थन्काएर लगानीकर्तालाई डुबाउने अर्थमन्त्रमन्त्रालयका सेटिङ्ग वाला उच्च कर्मचारि दबाबमा परेपपछि तिनको नजरमा दुश्मन बने ।
६) पटक पटक बदमासी गर्ने लगानीकर्तालाई पिडित बनाएको स्वार्थ समुहबाट संचालित नेप्से प्रशासनलाई स्पस्टिकरण सोध्ने र पुच्छर निमोठ्ने काम गरेर हमालले नेप्से र त्यसबाट फाइदा लिइरहेका केही सिमित बर्गको नजरमा दुश्मन बने ।
७) मर्जरले बर्षौ रोक्का हुने सेयरलाई १५ दिन भन्दा बढी रोक्का गर्न नपाइने ऐतिहासिक निर्णय गरेर लगानस्कर्तालाई गुन लगाए तर हामिले बिर्षियौ ।
८) लगानीकर्ताप्रती गैरजिम्मेवार र समयमै रिपोर्ट नबुझाउने ८९ वटा पब्लिक कम्पनिहरुलाई इतिहासमै पहिलोपल्ट कार्बाहिको दायरामा ल्याएर धेरै कम्पनी संचालकको नजरमा हमाल दुश्मन बने ।
९) नयाँ स्टक एक्स्चेन्ज ल्याएर बजारलाई अन्तर्राष्ट्रीय स्तरको आधुनिक र प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित गर्न खोज्दा सधै गोल्डेन सेयर बार्गेनिङ्ग गरेर चर्चामा आउने मिडियाहरु र ठूला ६ वटा घराना जसको यो देशमा सबैतिर कब्जा छ जसलाई हामीले नयाँ स्टक पाउदैनौ कि भन्ने छ तिनको नजरमा दुश्मनी बने ।
१०) ठूला घरानाको भत्ता लिएर बिरोध गर्ने ठेक्का लिएका सिमित २÷४ जना लगानीकर्ताको अभियान्ताको खोल ओढेका फटाहा र केही सिमित कान्तिपुर जस्ता गोल्डेन सेयरको बार्गेनिङ्ग गर्दै पितपत्रकारिता तथा मिसनपत्रकारिता गर्ने मिडियाको नजरमा दुश्मनी बने ।
११) केहिलाई राजनीतिक रोटि सेक्नुछ केहिलाई तिनको के स्वार्थ अनुसार काम गरेनन त्यसपछि हमाल दुश्मन भए ।
१२) हाइड्रोपावर कम्पनिहरुको लकिङ्ग ब्यावस्था र आईपिओमा पहिलो पल्ट बुक बिल्डिङ्ग ब्यवस्था गरेर केही दुश्मन बढाउने काम गरे ।
१३) हमालले धिबो मै पनि सिस्टमले काम गर्ने र शुसासन लागू गर्न खोज्दा, सेवोनको तलब खाने तर बाहिरका ठुला घरानाको भत्ता खाएर इन्साइडर गर्ने तथा लगानीकर्ता र पँुजिबजारको अहित गर्ने केही कर्मचारीको भाग नै खोसिएझै भएसी दुश्मनी मोले ।
१४) हामी तमाम बजारको हित चाहने लगानीकर्तालाई चै यी माथिका सबै दुश्मन मिलेर कान फुक्दैछन हमाल ठिक छैनन यति खाए र उति खाए यिनलाई हटाउनुपर्छ भनेर किनकी यी सबै माथिका १२ भाईलाई उनिहरुको साझा दुश्मन तह लगाउनुछ हामी लगानीकर्तालाई प्रयोग गरेर । माथिका १२ भाईलाई थाहा छ लगानीकर्ता धेरै हामी भेडा छौ भनेर ।
हामिलाई लगानीकर्ताको हितमा काम गर्ने सेवोनको अध्यक्ष चाहिएको हो कि ? केही सिमित सेटिङ्गवावालाको इसारामा नाच्ने नालायक चाहिएको हो ? एकपल्ट छातिमा हात राखेर ब्रम्हले बोलौ । लगानीकर्ता र पँुजिबजारको हित गर्ने साहसिक नेतृत्व सधै पटक पटक पाउन गारो छ । मरेपछी रोएर के गर्नु जिउँदो हुँदै काम गर्नेलाई साथ सहयोग र हौसाला दिउँ ।
Shares