सूचना चुहावटको आरोपमा धितोपत्र बोर्डका उप-कार्यकारी निर्देशक रूपेश केसीसँग स्पष्टीकरण माग

अर्थकागज
प्रकाशित: १९ भदौ २०८०
Image description

 काठमाडौं । नेपाल धितोपत्र बोर्डका सूचनाहरु नियम विपरित चुहावट गरेको आरोपमा एक कर्मचारीलाई कारबाही गर्ने भएको छ ।

बोर्डको आन्तरिक सूचनाहरु चुहावट गरेको आरोपमा उप–कार्यकारी निर्देशक रूपेश केसीलाई कारबाही गर्ने भएको हो । बोर्डले कारबाही अघि बढाउन केसीलाई स्पष्टीकरण सोधेको छ ।

बोर्डको महत्वपुर्ण निर्णयहरू सञ्चालक समितिले निर्णय गर्नुपुर्व नै केसीले आफ्ना नजिककका अनलाइन समाचारहरूमा चुहावट गरेको आरोप  छ ।

बोर्डले विभिन्न ब्रोकर कम्पनीहरूलाई दिइने लाइसेन्स तथा अन्य ऐन तथा विनियमावलीका बारेमा भएका संवेदनशील एवम् गम्भीर निर्णयहरू चुहावट गरेको आरोप केसीमाथि लागेको छ ।

 बोर्डले आफ्ना निर्णयहरू २४ घण्टासम्म सार्वजनिक नगर्ने कानुन बनाएको छ । तर, बोर्डका केही उच्च पदस्थ कर्मचारीले सूचना चुहावट गरेको आरोपमा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोधिएको उच्च स्रोतले जानकारी दिएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर