नेप्सेमा २ वटा कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति कित्ता ?

अर्थकागज
प्रकाशित: २१ वैशाख २०८२
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार २ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज आरएसडिसी लघुवित्त र नेपाल हाइड्रो डेभलपर लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।

आज आरएसडिसी लघुवित्तको ९.५० प्रतिशतले हुन आउने ८ लाख ९७ हजार १ सय ३३ दशमलव ५२ कित्ता बोनस शेयर र नेपाल हाइड्रो डेभलपरको ८ प्रतिशतले हुन् आउने २ लाख ८७ हजार ५ सय ५३ दशमलव ०८ कित्ता बोनस शेयर सूचीकृत भएको छ।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर