विन नेपाल लघुवित्तको एफपीओमा ४५५ गुणा बढीको आवेदन, पर्ने संभावना न्यून !

प्रकाशित:
२६ चैत २०८१

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओमा आवेदनको ओईरो लागेको छ । सिडिएस एण्ड क्लियरिङ्गको अनुसार पहिलो एफपीओमा माग भन्दा ४५५ गुणा बढीको आवेदन परेको छ । कम्पनीको एफपीओमा १९ लाख ७४ हजार ७ सय ९ जनाबाट २ करोड ३३ लाख ८४ हजार ५ सय २० कित्ताको आवेदन परेको छ। जुन माग गरिएभन्दा ४५५.९० गुणा बढी हो ।
कम्पनीले चैत्र २१ गतेदेखि ५१ लाख २९ हजार २ सय ५० रुपैयाँ बराबरको ५१ हजार २ सय ९२ दशमलव ५० कित्ता एफपीओ निष्काशन गरेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँमा एफपीओ निष्काशन गरेको हो। चैत्र २१ देखि चैत्र २६ गतेसम्ममा २ वटा सार्वजनिक विदा परेकोले कम्पनीको एफपीओ कुल ६ दिन खुला रहेको थियो।
कम्पनीको शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ ३० गते एफपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको थियो।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares