नेप्सेको अनलाइन प्रणालीमा जोखिम, सरकारले गठन गर्‍यो छानबिन समिति

अर्थकागज
प्रकाशित: १४ फागुन २०८०
Image description

नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनलाईन प्रणालीको प्राविधिक बिषयमा अध्ययन गर्न अर्थमन्त्रालयले छानबिन समिती गठन गरेको छ । मन्त्राmउका सहसचिव शम्भु मरासिनीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको हो ।

यस अघि पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गरेको अध्ययन प्रतिवेदनमा नेप्सेको अनलाइन प्रणालीमा जोखिम रहेको ठहर्‍याइएको थियो। सोहि प्रतिवेदनका आधारमा मन्त्रालयले थप अध्ययनका लागि छानबिन समिती गठन गरेको हो ।

पछिल्लो समय नेप्सेको ट्रेडिङ म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा कृतिम गडबडी ल्याएको भन्दै लगानीकर्ताहरुबाट ब्यापक बिरोध समेत भइरेको छ । विभिन्न स्वार्थ समूहको स्वार्थमा परि टिएमएस म्यानुपुलेट गर्ने गरेको लगानीकर्ताहरुको आरोप छ ।

 

प्रतिक्रियाहरू

सम्बन्धित खबर