नेप्से ४१.७८ अंकले घट्यो, ९ अर्ब ३३ करोडको कारोबार
प्रकाशित:
२० साउन २०८२
काठमाडौँ । आज नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मंगलबार ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३२५ कम्पनीका २ करोड २२ लाख ७ हजार १४२ कित्ता शेयर ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज समाज लघु र उन्नति लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज थ्रीस्टार हाइड्रोको शेयरमा नकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेडको शेयर मुल्य ७.३५ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको ३९ करोड २८ लाख र ट्रेड टावरको ३७ करोडको कारोबार भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares