पोखरा फाइनान्सका सिइओ गुरुङ र कम्पनी सचिव पौडेलले बनाए लगानीकर्ताको अर्बाै लगानी बन्धक
काठमाडौं । गत वर्ष माघ १४ गते शेयरधनीहरुको व्यापक विरोधका बाबजुद साधारण सभाबाट पारित नै नभएको मर्जर एजेण्डा पारित भयो भनेर समृद्धि फाइनान्ससँग मर्जरमा गएको पोखरा फाइनान्सले गत वर्षको दोश्रो त्रैमासमा एकै रातमा २० करोड मुनाफा बढेको भनेर दुई वटा त्रैमासिक प्रतिवेदन प्रकाशन गरेको धेरै समय नै भएको छ्रैन । फेरी अहिले पोखरा फाइनान्सका नालायक सिइओ तथा कम्पनी सचिवले शेयरधनीको अर्बाैको लगानीलाई बन्धक बनाएका छन् ।
पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीचको मर्जर कार्य सम्पन्न भई आषाढ २६ गतेबाट पोखरा फाइनान्सको नामबाट एकीकृत कारोबार सुरु भईसकेको छ । मर्जर पश्चात्को पोखरा फाइनान्सको सिइओमा तत्कालिन पोखरा फाइनान्सका सिइओ प्रकाश गुरुङले निरन्तरता पाएका छन् भने कम्पनी सचिवमा साविक समृद्धि फाइनान्सका कम्पनी सचिव विनोद राज पौडेलले निरन्तरता पाए ।
मर्जर प्रक्रियाको लागि भनेर दुवै संस्थाले कारोबार रोक्काको लागि आषाढ १२ गते नेप्सेमा निवेदन दिए । कम्पनीको निवेदन बमोजिम नेप्सेले आषाढ २६ गतेबाट दुवै संस्थाको कारोबार रोक्का गरिदियो । आषाढ २६ गते देखि हाल सम्म नेप्सेमा कारोबार रोक्का रहेको छ ।
विगतमा मर्जरको कारण लामो समय कारोबार रोक्का हुने गरेको र लगानीकर्ताको अर्बाैको लगानी बन्धक हुने गरेकोले गर्दा नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको लगानीलाई सहजै बजारमा बेच्न मिल्ने कार्यको लागि भनेर धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ जारी गर्यो । सो निर्देशिकाको निर्देशन नंं. ९-२) मा एकीकृत कारोबार सुरु भएको १५ दिन भित्र सम्पूर्ण प्रक्रिया सम्पन्न गरी १५ दिन पश्चात् कारोबार खोल्नु पर्नेछ भन्ने व्यवस्था रहेको भएता पनि हाल २० दिन भइसक्दा पनि कारोबार खोल्ने कुनै सुर सार गरेको देखिदैन । समृद्धिको शेयर हालसम्म पनि सोही नाममा खातामा देखिरहेकोले यसमा प्रक्रिया नै अगाडि बढाएको नदेखिएको हो ।
यस सम्बन्धमा नेप्सेका प्रवक्ता श्री मुराहरी पराजुलीसँग बुझ्दा हाल सम्म कम्पनीले पुनः सुचिकरणको लागि निवेदन पेश नगरेको र निवेदन प्राप्त हुनासाथ सथाशिघ्र प्रक्रिया अगाडि बढाउने जानकारी दिए । नेपाल धितोपत्र बोर्डका सूचना अधिकारी सुरज प्रधानाङ्ग भन्नु हुन्छ, धितोपत्र बोर्डबाट जारी भएका निर्देशनहरु पालना गर्ने दायित्व सम्पूर्ण सुचिकृत कम्पनीहरुको हो, यसमा ढिला गर्ने अटेर गर्ने सबै कम्पनीहरुलाई कारवाही हुन्छ ।
यसरी नेपाल धितोपत्र बोर्डबाट जारी भएको निर्देशन पालना नगरी लगानीकर्ताको अर्बाैको लगानीलाई बन्धक बनाउने नालायक सिइओ तथा कम्पनी सचिवलाई कसले के कारवाही गर्ने? अझ यस कार्यमा सिइओ भन्दा पनि कम्पनी सचिव बढी जिम्मेवार हुनु पर्ने हो । तर युनाइटेड फाइनान्समा हुँदा कारवाहीमा परेर विराटनगर सरुवा भएका एवं विभिन्न कमिसन काण्डमा मुसिएर बर्खास्तीमा परेका कम्पनी सचिव पौडेलले लगानीकर्ताको कारोबार खुलाउन के तरुकता देखाउलान् र ।
धितोपत्र बोर्डबाट जारी भएको निर्देशन बमोजिम संस्थाले कारोबार खुलाउन आवश्यक पहलकदमी लिनु पर्ने देखिन्छ । अन्यथा, कर्मचारी मोज गर्ने तर लगानीकर्ताको अर्बाैको लगानी महिनौ बन्धक बनाउँदा यसले पक्कै पनि संस्थालाई ठुलो हानी पुर्याउने छ भन्ने कुरामा पनि संस्थाले हेक्का राख्नु पर्ने हुन्छ ।
Shares