इमानको कार्यवाहक अध्यक्षमा सापकोटा

अर्थकागज
प्रकाशित: ३० साउन २०८१
Image description

काठमाडौं । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)का अध्यक्ष रोयल आचार्य चाइना पब्लिक डिप्लोमेसी एसोसिएसन (सीपीडीए)ले आयोजना गर्ने ‘चाइना एसिया प्यासिफिक पे्रस सेन्टर २०२४’ कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ । सो कार्यक्रममा नेपालसहित २० देशका प्रतिनिधिको सहभागिता रहने छ ।

अध्यक्ष आचार्य चीनतर्फ प्रस्थान गर्नुभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष डिल्लीप्रसाद सापकोटाले पाउनुभएको छ । देशको आर्थिक समृद्धिका लागि बहस, छलफल, अध्ययन–अनुसन्धान गर्दै आइरहेको र जनताका आर्थिक मुद्दाहरुलाई मूलरुपमा उठाउँदै सम्बन्धित निकायलाई घच्घच्याइरहेको इमानले अध्यक्ष आचार्यको भ्रमण र अध्ययन–अनुसन्धानले इमानलाई थप अगाडि बढ्न मद्दत पुग्ने विश्वास गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर