अघि बढ्यो नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया, १८ गते बिहान ८ बजे अन्तर्वार्ता !
प्रकाशित:
०९ असोज २०८१
काठमाडौं । लामो समयदेखि रोकिएको नेपाल धितोपत्र बोडर्को अध्यक्ष नियुक्ति प्रकृयालाई अर्थ मन्त्रालयले फेरी अघि बढाएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै १८ गते विहान ८ बजे अन्तर्वार्तामा सहभागी हुन श्री कृष्ण बहादुर कार्की, श्री चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई बोलाएको छ । सूचनामा भनिएको छ, ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि आवेदन दिने आवेदकहरू मध्ये संक्षिप्त सूचीमा समावेश भएका देहाय बमोजिमका आवेदकहरूलाई व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि देहायको मिति, स्थान र समयमा उपस्थित हुन नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिको मिति २०८१/०६/०९ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ ।’
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares