छ्याङ्दी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय थप
प्रकाशित:
११ असार २०८२
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले बिक्री खुला गरेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले जेठ जेठ २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा अब सेयरधनीले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएबमोजिम प्रतिकित्ता १०० रुपियाँका दरले ३८ लाख ९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । जसबाट ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपियाँ संकलन हुनेछ । हकप्रद निष्कासन प्रयोजनाका लागि कम्पनीले जेठ २ गते बुक क्लोज गरिसकेको छ । जेठ १ गतेसम्म कायम सेयरधनीले मात्रै यसमा आवेदन दिन पाउनेछन् ।
कहाँबाट आवेदन दिने ?
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकको बेसीशहर, सुन्दरबजार –६ मिलनचोक, भोर्लेटार–८ बसपार्क, सिउँडीबार सुन्दरबजार–९, उदिपुर र दोर्दी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares