मेडिकेयर हस्पिटलले आईपीओ जारी गर्ने

अर्थकागज
प्रकाशित: ०३ चैत २०८१
Image description

काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित चैत २३ गते विशेष साधारणसभा बोलाएको छ। कम्पनीको चैत १ गते बसेको सञ्चालक समितिको बैठकले धुम्बाराहीस्थित रामदा होटलमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारणमा आईपीओ जारी गर्ने, आईपीओबाट प्राप्त रकमको उपयोग सम्बन्धमा छलफल गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर