धनुषा- १ को मत परिणाम घोषणा नगर्न निर्वाचन आयोगको निर्देशन
प्रकाशित:
२३ फागुन २०८२
काठमाडौँ । निर्वाचन आयोगले धनुषा- १ को मत परिणाम घोषणा नगर्न जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन गरेको छ ।
आयोगले रास्वपाबाट उम्मेदार बनेका किशोरी शाहको उम्मेदवारी खारेज गरेपछि उनी सो निर्णय विरुद्ध सर्वोच्च अदालत गएका छन् । आयोगले यो विषय अदालतमा विचाराधीन रहेकाले सो विषयमा आदेश नहुदासम्म यस क्षेत्रको मत परिणाम सार्बजनिक नगर्न निर्देशन दिएको हो । योसंगै अब धनुषा-१ को मतगणनाको परिणाम तत्काल सार्बजनिक नहुने भएको छ । उम्मेदारी खारेज भएपनि सो क्षेत्रमा घन्टीमा सबैभन्दा बढी मत परेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares