पहिरोका कारण अरनिको राजमार्ग र मेलम्ची सडक पूर्ण रूपमा अवरुद्ध
अविरल वर्षासँगै आएको पहिरोका कारण अरनिको राजमार्ग र जिरो किलो मेलम्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिवार राती देखी परेको अविरल वर्षाका कारण अरनिको राजमार्गको दोलालघाट बन्देउ खण्ड र हेलम्बु सडकको जिरो किलो फेदी सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।
प्रहरीका अनुसार अरनिको राजमार्ग अन्तर्गत भुम्लु गाउँपालिका ८ बन्देउ डाँडामा आइतबार बिहान करिब साढे ४ बजेको समयमा राजमार्गमाथिबाट सुख्खा पहिरो सहित रुख ढली बाटो दुबैतर्फ अवरोध भएको जनाएको छ । प्रहरीले अरनिको राजमार्गमा भएको अवरोध हटाउनका लागि स्थानीय तहसँग समन्वय भए पनि पहिरो।आइरहेकोले पहिरो हटाउने काम सुरु गर्न नसकेको जनाएको छ ।
यसैबिच वर्षासँगै आएको पहिरोका कारण जिरोकिली मेलम्ची सडक खण्ड समेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
Shares