बलिवुड अभिनेता राजपाल यादवको जेल बसाई लम्बियो

अर्थकागज
प्रकाशित: २९ माघ २०८२
Image description

काठमाडौँ । चेक बाउन्स प्रकरणमा जेलमा रहेका बलिवुड अभिनेता राजपाल यादवको जेल बसाई लम्बिने भएको छ ।

विहिबार दिल्ली उच्च अदालतमा भएको सुनुवाइपछि अदालतले अर्को सुनुवाइ सोमबार, १६ फेब्रुअरीसम्मका लागि स्थगित गर्दै आज जमानत दिन अस्वीकार गरेको छ ।

सुनुवाइका क्रममा अदालतले राजपाल यादवलाई दुई दर्जनभन्दा बढी अवसर दिइएको उल्लेख गर्दै असन्तुष्टि जनाएको थियो । अदालतले उजुरीकर्तालाई जमानत निवेदनमा जवाफ पेश गर्न निर्देशन दिएको छ । साथै, यसअघि सर्वोच्च अदालतबाट पनि राहत नपाएको विषय उल्लेख गर्दै अबको सुनुवाइ १६ फेब्रुअरीमा हुने जनाएको छ ।

अदालतले बक्यौता तिर्ने प्रतिबद्धता पूरा नभएकोप्रति चिन्ता व्यक्त गरेको छ । विभिन्न चरणमा २५-३० पटकसम्म सुनुवाइ स्थगित गराइएको र रकम नतिरेको टिप्पणी अदालतले गरेको बताइएको छ । राजपाल यादवका वकिलले ठूलो दाजुको छोरीको विवाहमा सहभागी हुन अन्तरिम जमानत माग गरेका थिए । उनले बक्यौता रकम तिर्न तयार रहेको र फिल्म उद्योगका केही व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको दाबी गरेका छन् । उक्त निवेदनमाथि अन्तिम निर्णय अब १६ फेब्रुअरीमा हुने सुनुवाइपछि स्पष्ट हुनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर