अप्पर रिचेत हाईड्रोपावरले IPO निष्काशन गर्ने, बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिंङ्ग नियुक्त
काठमाडौं । २ मेघावाट विद्युत उत्पादन क्षमता भएको अपर रिचेत हाइड्रोपावर प्रा.लि.ले आफ्ना साधारण सेयरहरु आइपिओ मार्फत सार्बजनिक निष्काशन गर्नेभएको छ। यसको लागि कम्पनीले आरविवि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक तोकेको छ।
यसै सम्बन्धमा माघ २६ गते अपर रिचेत हाइड्रोपावर र आरबिबि मर्चेन्ट बैंकिंङ्ग लिमिटेड बीच एक सम्झौता सम्पन्न भएको छ। सम्झौतामा अपर रिचेत हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आनन्द प्रधान र आरविवि मर्चेन्ट बैंकिंङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्तक्षर गरेका छन् ।
कम्पनीले आफ्नो ४० करोड चुक्ता पुँजीको २०५ अर्थात् ८ करोड पुँजी बराबरका ८ लाख कित्ता साधारण सेयरहरु निकट भविष्यमै सर्बसाधारणमा निष्काशन गर्नेछ। आइपिओ प्रक्रियाकै लागि कम्पनीले आँफुलाई तुरुन्तै पब्लिक कम्पनी बनाउने र क्रेडिट रेटिंङ्गको कार्य पनि अघि बढाएको छ। कम्पनीले आगामी श्रावण/भाद्र महिनामा आइपिओमा जाने योजना रहेको कम्पनीले बताएको छ।
कम्पनीले २०८१ को भाद्र महिना देखि विद्युत उत्पादन गरिरहेको छ। कम्पनीको हाइड्रोपावर प्रोजेक्ट गोरखा जिल्लाको धार्चे गाबिसमा रहेको छ।
Shares